नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपालमा संविधान जारी नगर भन्ने पनि मोदी मन्त्रिमण्डलमा !

सारांश

  • भारतका पूर्व विदेश सचिव एस जयशंकरले पनि मोदी मन्त्रिमण्डलमा क्याबिनेट मन्त्रीको हिजो शपथ लिएका छन् ।
  • विदेशमन्त्री सुषमा स्वराजले जिम्मेवारी नलिएपछि जयशंकरले सम्भवतः विदेश मन्त्रालयको जिम्मेवारी पाउने आंकलन गरिएको छ ।
  • जयशंकर नेपालका लागि भने विवादित व्यक्ति हुन् ।

भारतका पूर्व विदेश सचिव एस जयशंकरले पनि मोदी मन्त्रिमण्डलमा क्याबिनेट मन्त्रीको हिजो शपथ लिएका छन् । विदेशमन्त्री सुषमा स्वराजले जिम्मेवारी नलिएपछि जयशंकरले सम्भवतः विदेश मन्त्रालयको जिम्मेवारी पाउने आंकलन गरिएको छ । जयशंकर नेपालका लागि भने विवादित व्यक्ति हुन् । नेपालमा संविधान जारी हुनुभन्दा २ दिन अघि उनी प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा नेपाल आएका थिए ।

तत्कालीन भारतीय विदेशसचिव रहेका एस जयशंकरले नेपाल भ्रमणको क्रमा त्यतिबेला निर्धारित समयमा संविधान जारी नगर्न र मधेसी समुदायको सहमति लिन नेपालका प्रमुख नेताहरुलाई आग्रह गरेका थिए । तर उनको प्रस्तावलाई सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतले ठाडै अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?