भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १८, २०७९
|
|
१८ पटक हेरिएको
Shares
भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

सारांश

  • लमजुङ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् ।
  • राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

लमजुङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेकाे आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,’ उनले भने।
स्थानीय निर्वाचनमा आफ्ना उम्मेदावरले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।
‘देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,’ उनले भने। [image: raprapa.jpg-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?