भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु

सारांश

  • काठमाडौं ।
  • सर्लाही मलंगवा नवलपुर हरैयामा जिपले बाटो छेऊमा बसिरहेका बाबुछोरालाई ठक्कर दिंदा दुवैको ज्यान गएको छ ।
  • नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौं । सर्लाही मलंगवा नवलपुर हरैयामा जिपले बाटो छेऊमा बसिरहेका बाबुछोरालाई ठक्कर दिंदा दुवैको ज्यान गएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको  जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा भैंसी हेरिरहेका बाबुछोरालाई ागेको थियो । छोरा लक्ष्मणको  घटनास्थलमै र बाबुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?