सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
सल्यानमा बस दुर्घटना, १२ को अवस्था गम्भीर

सारांश

  • सल्यान ।
  • दाङबाट सल्यान हुँदै रूकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएका छन् ।
  • दाङको घोराहीबाट यात्रु बोकेर सल्यान हुँदै रूकुमको रूकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं.

सल्यान । दाङबाट सल्यान हुँदै रूकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएका छन् ।

दाङको घोराहीबाट यात्रु बोकेर सल्यान हुँदै रूकुमको रूकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं. को बस आइतबार बिहान करिब ९ बजे दुर्घटना भएको हो।

सिस्ने हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ५ सल्लेखोलामा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख एवम् डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा कम्तिमा ३० जना जति घाईते भएको र केहीको अवस्था गम्भीर रहेको डिएसपी खत्रीले बताए । उनले घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारका लागि दाङ पठाइएको जानकारी दिए ।

घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका भइरहेको छ।

बस सल्लेखोलाको  भिरबाट सय मिटर तल खेतमा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?