निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकरण:आरोपित विष्टलाई काठमाडौं ल्याइयाे

सारांश

  • कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ।
  • प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो।
  •  प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याईएको हो।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ। प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याईएको हो। उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ।

उनको मानसिक अवस्थाका विषयमा चेकजाँच हुन थालेको हो।‘उनको मानसिक र शारीरिक स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएका हौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले नेपालखबरसँग भने, ‘बिहान गएका हुन। पुगिसके होलान।’ साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो। अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो।

कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो।तर, प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो। गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ।प्रहरी अनुसन्धानमा बिष्टले २०६५ मा आफ्ना कान्छा भिनाजु नारायणसिंह बिष्टको हत्या गरेको खुलेको थियो। उनी चालचलन राम्रो भएको कारागारको सिफारिशमा २०७४ जेठमा रिहा भएका थिए। तर स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन्। प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन्।

प्रहरी अनुसन्धानमा साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका—१८मा रहेकी साथी रोशनी वमको घरमा बिहान सवा ११ बजे विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन्। उनको साइकलको चेन फुस्किरहन्थ्यो। घटनाका दिन पनि साइकलको चेन फुस्किएको थियो।
रोशनीको घरमा पुगेपछि उनले हात धोइन्। त्यसपछि दुबै साथी करिब दुईघण्टा त्यहाँ बसे। त्यसपछि निर्मला रोशनीको घरबाट नोटकपी, अम्बा र रोशनीले दिएको २० रुपैयाँ लिएर फर्किएकी थिइन्।

प्रहरी अनुसन्धानमा घर फर्कदै गर्दा बाटोमा बिष्टसँग निर्मलाको भेट भएको थियो। निर्मला साइकलको चेन बनाउँदै थिइन्। बिष्टले सहयोग गरे। ‘युवतीहरु देखेपछि बिष्टले सन्तुलन गुमाएका हुन सक्छन्। त्यसपछि नजिकैको उखुबारीमा लगेर घटना भएको हो’, अनुसन्धान निष्कर्ष थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jhanak Puri

    Hindi Film nai bhayao hau yo kanda.teta tiraka Police sabailai nikaler khede bhayao ni hau!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?