आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ।
  • दिन मनोरञ्जनपूर्ण रहनेछ।
  • सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। पहिलेका कमजोरी सच्याउने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। पछिका लागि काम गर्ने मौका छ। भेटघाटले उत्साह जगाउनेछ।

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

धनु :   ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला। मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
लकडाउनमा महिला हिंसा बढ्दै, घरभित्रबाटै ५८ प्रतिशत हिंसा
लकडाउनमा महिला हिंसा बढ्दै, घरभित्रबाटै ५८ प्रतिशत हिंसा
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
Nauru refugee camp doctor removed as pressure on Australia mounts !
Nauru refugee camp doctor removed as pressure on Australia mounts !
ट्रकको ठक्करबाट दुईको मृत्यु
ट्रकको ठक्करबाट दुईको मृत्यु
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल

तपाईंले छुटाउनुभयो कि?