राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक

सारांश

  • निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ।
  • आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो।
  • राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पदका लागि सो निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि बुधबार निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य पदका लागि सो निर्वाचन हुन लागेको हो।
कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरी सोही दिन अपरान्ह ४ बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ भने १९ गते अन्तिम नामावली प्रकाशन गरिनेछ।

२० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

राष्ट्रियसभाका १८ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ र ९ गते निर्वाचन हुन लागेको हो। ५९ सदस्य निर्वा्चित भएकोमा चिट्ठा प्रणाली लागु गर्दा १८ सदस्यको २ वर्षे कार्यकाल परेको हो। अरू केहिको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?