नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै

सारांश

  • मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
  • किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
  • अपडेट :  अनिल शाहले नेपालका लागि पहिलो छक्का प्रहार गरेका छन् ।

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

अपडेट :  अनिल शाहले नेपालका लागि पहिलो छक्का प्रहार गरेका छन् । १७ ओभर सकिँदा नेपालको स्कोर ६४ पुगेको छ । ४ विकेटको क्षतिमा

नेपालले निरन्तर खराब प्रदर्शन गरि राखेको छ । १२ ओभरमा रोहित कुमार पौडेल  आउट भएका छन् । ७ बलको सामना गरेका उनले ४ रन मात्रै हाने । यो सँगै नेपालको चौथो विकेट गुमेको छ ।

नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । ऐरीले २० बलमा  एक चौकासहित २ रन मात्रै बनाउँन सके । 

सातौ ओभरमा नेपालले १४ रन जोडेको छ । कप्तान ऐरीले १ र अनिल शाहले २ चौका हानेका छन्

चौथो ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । जितेन्द्र सिंह आउट भएका छन् । कप्तान दिपेन्द्र ऐरी व्याटिङमा आएका छन्

दोस्रो ओभरमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख आउट भएका छन् ।

बिहीबारको पहिलो सेमिफाइलनमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा पुग्न सफल भएको छ । २०१२ देखि यू-१९ एसियाकप खेल्न सुरु गरेको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारत र मलेसियालाई हराउँदै नेपालले सेमिफाइलनमा स्थान बनाउँन सफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?