राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
३१ पटक हेरिएको
Shares
राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदै, नेताहरु छलफलमा

सारांश

  • काठमाडौं, १७ माघ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच एकता हुने भएको छ ।
  • एकताको लागि दुवै पार्टीका शीर्ष र दोस्रो तहका नेताहरु छुट्टाछुट्टै छलफलमा व्यस्त रहेको बुझिएको छ ।

काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच एकता हुने भएको छ । एकताको लागि दुवै पार्टीका शीर्ष र दोस्रो तहका नेताहरु छुट्टाछुट्टै छलफलमा व्यस्त रहेको बुझिएको छ । कमल थापा नेतृत्वको राप्रपाको आजबाट केन्द्रीय कार्य समिति आजबाट काठमाडौंमा सुरु भएको छ ।

अध्यक्ष थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा समेत पार्टी एकता र सहकार्यबारे विशेष महत्व दिएर कुरा उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ,‘देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने र राप्रपालाई राष्ट्रनिर्माणको अग्रणी शक्ति बनाउने क्रममा समान विचारधारा भएकाहरुसँग सहकार्य र एकता गर्ने नीतिलाई हामी निरन्तरता दिनेछौं । तर, एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दि भएर बस्न सक्दैन । पार्टीको ऐतिहासिक महाधिवेशनको तयारीमा जुटेको बेला स्वभावतः हाम्रो अर्जुनदृष्टि महाधिवेशन तर्फ नै हुनेछ । समान विचारधारा भएका दलहरुसँग सहकार्य र एकता सम्बन्धि विषय अब आगामी महाधिवेशनको मार्गदर्शन अनुरुप अघि बढाईने छ ।”

दुई पार्टीबीच एकताको लागि पछिल्लो समय गहन छलफल तथा वार्ताहरु भैरहेका छन् । दुवै पार्टीका शीर्ष तथा दोस्रो तहका नेताहरु धमाधम वार्ता तथा छलफलमा जुटेका छन् । स्रोतकाअनुसार एकताको लागि शीर्ष नेताहरुले आजभोलि नै सहमतिलाई अन्तिम रुप दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?