फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियोसहित)
सारांश
- काठमाडौँ ।
- ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
- उक्त गीतमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय छ।
काठमाडौँ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय छ।
लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्। यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ थिए ।
सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया