उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा

सारांश

  • काठमाडौं ।
  • उच्च रक्तचाप एउटा गम्भीर चिकित्सा स्थिति हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।
  • किनकी यसले हृदयघात, मिर्गौला फेल हुने, स्ट्रोक र अन्धोपन जस्ता खतरा बढ्दछन् ।

काठमाडौं । उच्च रक्तचाप एउटा गम्भीर चिकित्सा स्थिति हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । किनकी यसले हृदयघात, मिर्गौला फेल हुने, स्ट्रोक र अन्धोपन जस्ता खतरा बढ्दछन् । यो विश्वभर अकाल मृत्युको एउटा कारण पनि हो ।

विश्व स्वास्थ्य संगठनको तत्थ्यांकअनुसार विश्वभरी अनुमानित १.१३ अरब मानिसमा उच्च रक्तचापको समस्या छ । जसमा ५ मध्ये एक व्यक्तिले मात्र यसलाई नियन्त्रण गर्न सकेको छ । उच्च रक्तचापको मूख्य कारण अस्वस्थ आहार, शारीरिक निस्कृयता, धुम्रपान तथा मध्यपान हो ।

यदि तपाईं उच्च रक्तचापको बिरामी हुनुहुन्छ भने विशेषज्ञका माध्यमबाट हामी केही टिप्स दिँदै छौं ।

१. उच्च रक्तचापको बिरामीले आफ्नो धेरै नै ख्याल राख्नु पर्ने हुन्छ । उनीहरुले नियमित रुपमा कम से कम १५ मिनेट ब्रिक्स वाक (छिटो छिटो हिँड्नु) गर्नु पर्दछ ।

२. उच्च रक्तचाप भएकाले नियमित रुपमा आफ्नो जाँच गरिराख्नु पर्दछ । यदि तपाईंलाई केही गडबडी लाग्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिनु नै बुद्धिमानी हुन्छ ।

३.उच्च रक्तचापका रोगीले जंक फूड खानबाट बच्नुपर्दछ । त्यस्तै रक्सी तथा चुरोटको सेवन गर्नु हुँदैन । शारीरिक निस्कृयतालाई कम गर्न कसरत गर्नुपर्दछ ।

४.उच्च रक्तचापका रोगीले स्वस्थ खानपान गर्नुपर्दछ । खानपानमा फलफूल तथा हरियो तरकारीलाई समावेश अनिवार्य गर्नुपर्दछ ।

५.बिहान छिटो उठेर १५ देखि २० मिनेट अनिवार्य हिँड्ने । डाक्टरका अनुसार खानपानमा एक एक कचौरा हरियो तरिकारी र फलफूल दैनिक सेवन गर्नुपर्दछ ।

६. नुनको मात्रा कम सेवन गर्नु पर्छ । एक दिनको खानपानमा ५ देखि ६ ग्राम नुन सेवन गर्नु उचित हुन्छ । धेरै नुन खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।

७.उच्च रक्तचापका बिरामीले प्रसोधित तथा प्रिजरवेटिव खाना सेवन गर्नु हुँदैन । प्याकेजका खानामा एकदमै धेरै मात्रामा नुन हुन्छ त्यसैले यस्तो खानबाट बच्नु पर्दछ ।

८. उच्च रक्तचापका बिरामीहरुलाई हृदयघात बाहेक अन्य समस्या पनि हुन सक्छन् जस्तो आँखाको रोशनी जाने, मिर्गौला सम्बन्धी समस्या आदि । यसबाहेक खुट्टाका नसामा रगत जम्मा हुने समस्या हुन्छ ।

९. अनियन्त्रित रक्तचापले हृदयघातको सम्भावना दुई गुणा बढाउँछ । उच्च रक्तचापले मुटु सम्बन्धी रोगलाई जन्म दिन सक्छ ।

१०. उच्च रक्तचापको समस्या झ्वाट हेरेर थाहा हुँदैन त्यसैले समय समयमा जाँच गर्नु एकदमै जरुरी हुन्छ । यसका साथै जीवनशैलीमा पनि सुधार ल्याउन आवश्यक हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
ओलीले ताप्लेजुङ पुगेर भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु’
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा
प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
रबि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालको यस्तो विज्ञप्ति
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
तीनमहिने ट्राफिक उज्यालो अभियान स् एक लाखलाई सचेतना
तीनमहिने ट्राफिक उज्यालो अभियान स् एक लाखलाई सचेतना
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात
गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

तपाईंले छुटाउनुभयो कि?