वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२७ पटक हेरिएको
Shares
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • बरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अब प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् ।
  • प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं, ११ फागुन । बरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अब प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नै स्वयम आफ्नो सरकार ढाल्ने षड्यन्त्र भएको भनेर सार्वजनिक रुपमा बोलेको सुनाउँदै घिमिरेले भने,‘केपी ओलीको सरकार ढाल्ने षड्यन्त्र त शेरबहादुर देउवाले त गर्दैनन्, यो त नेकपाभित्रैबाट भएको छ । प्रचण्डले प्रधानमन्त्रीको लागि ओलीलाई टक्कर दिन सक्नुभएन भने वामदेव गौतम आउनुभयो भने प्रचण्डले सहयोग गर्नुहुन्छ ।’

https://youtu.be/hYxtokTBPb4

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारले तान्ने भएको दा उनले पाँच वर्ष नै सरकार चलाउन नपाउने घिमिरेको दाबी छ । उनले भने,‘नेपाल ट्रष्टको सम्पत्ति छानबिन गरियो भने त्यसमै ओली जान्छन् । यो प्रकरणमा छानबिन हुन्छ । जनदबाबलाई कसैले पनि थेक्न सक्दैन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?