अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • ३१ असार स् संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।
  • हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए ।
  • अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो ।

३१ असार स् संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

हार्वर्ड र एमआईटी विश्वविद्यालयहरुले अमेरिकी सरकारको निर्णय विरुद्ध कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी अध्यागमन तथा भन्सार विभागले जुलाई ६ मा सूचना जारी गरेको थियो ।

अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जारी भएको सूचना विरुद्ध विश्वविद्यालयका साथै विभिन्न संघसंस्था, शिक्षक युनियन र १८ वटा राज्यले विरोध गरेका थिए ।

संघीय न्यायाधीश अलिसन बरोघले संक्षिप्त आदेश सुनाउँदै अमेरिकी प्रशासनले विद्यार्थीको भिसा रद्द गर्ने आदेश फिर्ता लिन मन्जुर गरेको जानकारी दिएका थिए ।

हार्वर्ड र एमआईटीले यसै महिनाको शुरुमा आइसिईले जारी गरेको सूचना रोक्न अदालतमा निवेदन दिएका थिए । आइसिईले जारी गरेको सूचनामा अनलाइन कक्षा भएका विद्यार्थीले अनिवार्य रुपमा अमेरिका छाड्नु पर्ने उल्लेख थियो ।

विश्वविद्यालयहरुले अदालतमा दिएको निवेदनमा अनलाइन कक्षा लिने विद्यार्थीलाई व्यक्तिगत र आर्थिक रुपमा पनि ठूलो क्षति पुग्ने उल्लेख थियो । अमेरिका सरकारको निर्णयले अमेरिकाको उच्च शिक्षामा ठूलो समस्या आउने दाबी गरिएको छ ।

ट्रम्प प्रशासनले एकाएक पूर्व निर्णय फिर्ता लिनुको कारण बारे अदालतले केही बताएको छैन, र राष्ट्रपति ट्रम्पले पनि यसबारे कुनै प्रतिक्रिया दिनु भएको छैन ।

साउदर्न क्यालिफोर्निया विश्वविद्यालयले जारी गरेको वक्तव्यमा सरकार पछि हटेकामा आफूहरु निकै खुशी भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, “हाम्रा विदेशी विद्यार्थीहरु विश्वविद्यालयका अभिन्न अंग हुन्, र उनीहरुले बिना भय आफ्नो शिक्षा हासिल गर्ने अधिकार उपभोग गर्न पाउँछन् ।”

कोरोनाभाइरसका कारण अधिकांश विश्वविद्यालयले अहिले अति जरुरी परेको अवस्थामा बाहेक अनलाइन कक्षा संचालन गर्ने तयारी गरेका छन् ।एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
यस्तो गाउँ जहाँ पाहुनाले पनि नांगै बस्नुपर्छ
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
Neil Nitin Mukesh’s wife Rukmini Sahay’s baby shower was a fun affair, see pics
Neil Nitin Mukesh’s wife Rukmini Sahay’s baby shower was a fun affair, see pics
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप
रविले दल खोल्दै ठगी गरेको विश्वप्रकाशको आरोप
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप