कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोना गीत : ‘रोग भन्दा बढी त्रास फैलियो हैरान…’

सारांश

  • काठमाडौँ।
  • “संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छयो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ….
  • ” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन्।

काठमाडौँ।
“संसारभरि दसौँ हजार मान्छे मरिरा’छ

अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ

डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ
यो बेलामा हामी सबै सचेत बन्नुपर्छ

आउँदैछ कोरोना भाइरस

विश्वभर आतङ्क छाइरहा’छ….”

विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन्। आजदेखि अत्यावश्यक सेवाबाहेक बन्द ‘लकडाउन’ जारी गरेकाले मानिसहरु घरमा परिवारसहित बजेर मनोरञ्जन लिँदै हेर्न मिल्ने यस्ता कोरोना विरोधी सचेतनामूलक गीतहरु युट्युब र सामाजिक सञ्जालमा छाउन थालेका छन्।

चीनको हुवान प्रान्तबाट फैलिएको यो भाइरसबारे शुरुमा आम नेपालीले धेरै बुझेका थिएनन्। पछि विश्वव्यापी सङ्क्रमण भएपछि सञ्चारमाध्यमबाट यसको जोखिम र असरका बारेमा चाल पाए। नेपाल टेलिकमको ‘रिङ ब्याक टोन’ का माध्यमबाट पनि धेरै मानी सचेत भएका थिए। यी गीतहरुले कोरोना भाइरसलाई अझ सरलरुपमा बुझाएको छ भने यसबाट बच्ने तरिकालाई जनहितमा गीति शैलीमा प्रस्तुत गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका लागि गोरक्ष म्युजिक प्रालिको प्रस्तुति रहेको यो गीमा नरेश खाती र एनिला चौहानको स्वर र गोमा परिवारको शब्द रहेको छ भने कलाकार कोमल वली, दीपाश्री निरौला, बद्री पंज्ञेनी, रमेश बिसी, पशुपति शर्मा, पत्रकार ऋषि धमला आदिले म्युजिक भिडियोमा अभिनय गरेका छन्।

“अङ्कमाल हात मिलाउन आजैबाट छोडौँ

भेटघाट हुँदा नमस्कार गर्दै हात जोडौँ

स्वस्थ्य बन्न सक्छौँ आफ्नै आनी र बानीले

माक्स लगाउ हात धोउ हजुर साबुन र पानीले

डराउनैपर्ने त छैन है

ख्याल ठट्टा गर्ने नि होइन है…”

मानवीय सुरक्षासँग जोडिएको यस सवालमा ‘बाँचौँ र बचाऔँ’ को उद्घोषसहित डा बाबुराम अधिकारीको शब्द रचना, सागर गुरुङ र प्रेक्षा लम्सालको स्वरमा प्रिज्म स्टुडियोले अर्काे गीति भिडियो प्रस्तुत गरेको छ :

“नजाउँ कतै भीडभाड हुने ठाउँ

आउन सक्छ सहर सबै गाउँ

बनौँ सचेत

आत्तिनु पर्दैन

सावधानी अपनाउँ है हुन्नौँ अचेत…’

कोरोनाविरुद्ध चेतनामूलक गीतका साथै विभिन्न टेलिभिजनका हास्य कार्यक्रम र टेलिशृङ्खलाहरु यही अभियानमा सामेल भएका छन्। नेपाल टेलिभिजनको ‘मुन्द्रेको कमेडी क्लव’ ले कोरोनाविरुद्ध जनचेतनामूलक हास्य प्रस्तुति दिन थालेको छ। चिकित्सकलाई नै कार्यक्रममा उपस्थिति गराएर रमाइलो शैलीमा कोरोना भाइरस र यसको बचावटबारे प्रस्तुति दिन थालिएको छ।

‘एमएमएस इन्टरटेन्ट’ले पनि रिमिक्स शैलीमा ‘रोगभन्दा बढी त्रास फैलियो हैरान’ बोलको ‘कोराना…’ गीत बाहिर ल्याएको छ। सचेतनाका लागि नागरिकहरुले नागरिकका लागि भन्दै सामाजिक सञ्जालमा विभिन्न चेतनामूलक र जानकारीमूलक सन्देश पनि समावेश गर्न थालेका छन्। यस्तो संवदेनशील घडीमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट गलत सूचना र अफवाह फैलाउनेलाई कानूनी काराबाहीको प्रक्रिया पनि अघि बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
डा भोला रिजाल : ‘करको लोभमा लकडाउन खुकुलो बनाईयो’
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
गैँडासँग लडेर पर्यटकको ज्यान जोगाउने यी बहादुर शीरलाल !
‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा
खिजीदेम्बा अल्ट्रा म्याराथनको दोस्रो संस्करण फागुन १९ मा
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
३३ किलो सुन प्रकरण: मुख्य अभियुक्त शाक्यको सुन पसल मा छापा
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !

तपाईंले छुटाउनुभयो कि?