नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत

सारांश

  • चीनले कालापानीका विषयमा नेपाल र भारतबीच देखिएको सीमा विवादमा संलग्न नहुने स्पष्ट पारेको छ ।
  • उसले नेपाल र भारतलाई मैत्रीपूर्ण विचारविमर्शबाट समस्याको समाधान गर्न सुझाव दिएको छ ।
  • हिजो बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले कालापानीको मामला नेपाल र भारतबीचको विषय भएको बताएका हुन् ।

चीनले कालापानीका विषयमा नेपाल र भारतबीच देखिएको सीमा विवादमा संलग्न नहुने स्पष्ट पारेको छ । उसले नेपाल र भारतलाई मैत्रीपूर्ण विचारविमर्शबाट समस्याको समाधान गर्न सुझाव दिएको छ ।

हिजो बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले कालापानीको मामला नेपाल र भारतबीचको विषय भएको बताएका हुन् । भारतीय सेनापति एम एम नरभानेले कालापानीको मामलामा चीनले नेपाललाई उक्साएको आरोप लगाएका छन् नि भन्ने प्रश्नमा झाओले भने, ‘कालापानीको मामला नेपाल र भारतबीचको विषय हो र हामी दुई देशले मैत्रीपूर्ण विचारविमर्शबाट विवादको समाधान गर्ने आशा व्यक्त गर्छौं ।’

झाओले नेपाल र भारतले आपसी छलफलबाट अवस्थालाई जटिल बन्न नदिने समाधानको उपाय खोज्नुपर्नेमा उनको जोड थियो । उनले चीन यो मामलामा संलग्न नहुने संकेत गरे ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार लिपुलेक हुँदै चीनतर्फको लिंगरोड खोलेपछि परराष्ट्र मन्त्रालयले आपत्ती जनाएको छ । नेपालले सोमबार लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नक्शा पारित गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकसहितको भूभाग फिर्ता गरेर छाड्ने अठोट गरेका छन् ।

भारतीय सेनापति एम एम नरभानेले चीनको उक्साहटमा नेपालले कालापानीको विषयमा आपत्ती जनाएको अभिव्यक्ति दिंदा चीनको नरम जवाफ सार्वजनिक भएको हो ।

नेपालले कालापानी क्षेत्र त्रिदेशीय सीमा भएकाले त्रिदेशीय वार्तामा जोड दिइरहको छ । तर, चीनले यसमा संलग्न नहुने संकेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?