तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
सारांश
- काठमाडौं, १० पुस ।
- चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाँच महिनाको अवधिमा एक सय १० जना नेपाली महिलालाई फिर्ता गरिएको छ ।
- रसुवाको टिमुरे प्रहरी चौकीले गएको पाँच महिनामा काम गर्न केरुङ जान लागेका एक सय १० जना नेपाली महिलालाई फिर्ता गरेको हो ।
काठमाडौं, १० पुस । चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाँच महिनाको अवधिमा एक सय १० जना नेपाली महिलालाई फिर्ता गरिएको छ । रसुवाको टिमुरे प्रहरी चौकीले गएको पाँच महिनामा काम गर्न केरुङ जान लागेका एक सय १० जना नेपाली महिलालाई फिर्ता गरेको हो ।
उमेर नपुगेको र अभिभावक विना रसुवागढी नाका हुँदै केरुङ जान लागेका उनीहरुलाई माइती नेपालको सहयोगमा नाकाबाटै घर फिर्ता गरिएको हो । केरुङमा करिब पाँच सय किशोरी होटल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर तथा घरमा कार्यरत रहेको माईती नेपालले जनाएको छ ।
राहदानी बनाउन नपर्ने, खर्च कम लाग्ने र आम्दानी राम्रो हुने आशामा पढाइ छाडेर किशोरीहरू केरुङ जाने गरेको एक सर्वेक्षणले देखाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया