एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
सारांश
- काठमाडौं।
- नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दा खारेज भएको छ।
- उच्च अदालतले सो मुद्दामा वादी पक्षको दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरिदिएको हो।
काठमाडौं। नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दा खारेज भएको छ। उच्च अदालतले सो मुद्दामा वादी पक्षको दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरिदिएको हो।
उनीविरुद्ध एक महिलाले रिट दायर गरेकी थिइन्। उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले सो मु्द्दामा रिट निवेदकको दाबी नपुग्ने ठहर गरेको हो। उनले एमाले नेता बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्यालगायतको आरोप लगाउँदै आएकी थिइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया