गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २७, २०७७
|
|
३१ पटक हेरिएको
Shares
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार

सारांश

  • काठमाडौं, २७ साउन ।
  • गोंगबुमा आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको छ ।
  • प्रहरीले हत्याकी आरोपी कल्पना शाहीलाई पक्राउ गरी रहस्य पत्ता लगाएको छ ।

काठमाडौं, २७ साउन । गोंगबुमा आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको छ । प्रहरीले हत्याकी आरोपी कल्पना शाहीलाई पक्राउ गरी रहस्य पत्ता लगाएको छ । हत्याको कारणसहित अहिले साँढे दश बजे अपराध महाशाखाले पत्रकार सम्मेलन गरी वृस्तृत जानकारी दिने भएको छ ।

प्रहरी स्रोतका अनुसार कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । उनीहरु चिनजानमा रहेको र शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई दहीमा बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको संवेदनशील अङ्गमा घनले हानेर हत्या गरेकी थिइन् ।

हत्यापछि शव व्यवस्थापन गर्न सुटकेश सानो भएपछि दुईवटा खुकुरीको प्रयोग गरी टाउको र खुट्टा अलग पारेकी थिइन् । सुटकेशमा शरीर र झोलामा टाउको र खुट्टा राखेर पौलैपालो बाहिर लगेर फालेकी थिइन् । आइतबार विहान शव फेला परेको थियो । टाउको र खुट्टा नभएको शव फेला पारेपछि कुकुरको सहयोगले बाँकी अङ्ग र घटनास्थलबारे प्रहरीले पत्ता लगाएको थियो ।

खोज्दै जाँदा उक्त घरमा महिला नभएको जानकारी पाएपछि शंकाको सुई घुमेको थियो । महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो । साँझसम्म बयान लिने क्रममा कल्पनाले हत्या कसरी गरेको, किन गरेको कारणसहित खुलाएकी छिन् । त्यसबारे थप जानकारी प्रहरीले अहिले दिदैछ ।

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
के करण अझै शुरु भएन डोल्पामा मतगणना ,यस्तो छ संसनिपुर्ण खुलासा
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने-  विवेकशील साझा
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने- विवेकशील साझा
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने,  काठमाडौँबाटै शेयर भर्न पाइने
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने, काठमाडौँबाटै शेयर भर्न पाइने
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
कलाकार सञ्जयको राजनीति पाटो : किन लड्दैछन् चुनाव ?
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’

तपाईंले छुटाउनुभयो कि?