एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
२६
|
३० पटक हेरिएको
Shares
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने कडा अभिव्यक्ति दिएका छन् ।
  • माओवादी केन्द्रका वरिष्ठ नेता महराले भने, “हामीले माओवाद नछाड्ने, एमालेले जनताको बहुदलीय जनवाद नछाड्ने अवस्थामा पार्टी एकता हुँदैन ।

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने कडा अभिव्यक्ति दिएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता महराले भने, “हामीले माओवाद नछाड्ने, एमालेले जनताको बहुदलीय जनवाद नछाड्ने अवस्थामा पार्टी एकता हुँदैन ।” नेता महराले अगाडि थपे, “एकले अर्कालाई खाने अवस्थामा एकता हुन्न । निषेधको अवस्थाबाट माथि उठ्नुपर्छ ।”

दुई पार्टीले अँगाल्दै आएका वैचारिक धरातलबाट माथि उठेर मात्र एकता हुने उनले स्पष्ट पारे । नेता महराले माओवादी केन्द्र र नेकपा (एमाले) बीचको एकताका लागि प्राविधिक पाटो सकिए तर वैचारिक विषयमा टुङ्गो लगाउन बाँकी रहेको औंल्याए ।

कूटनीतिक अध्ययन संस्था नेपालले “नेपालको कूटनीति र कूटनीतिकशास्त्र”बारे आयोजना गरेको अन्तक्र्रियामा नेता महराले प्राविधिक पाटोमा भने पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गरे । “प्राविधिक समस्या छैन, वैचारिक विषयमा टुङ्गो लागेको छैन, यो नै महत्वपूर्ण विषय हो ।”

जनताको तहमा एमाले र माओवादी छुट्टै नभई एकै कम्युनिष्ट पार्टी रहेको तर नेतृत्वमा समस्या देखिएको उल्लेख गर्दै महराले दुबै पार्टीले विद्यमान आधारबाट माथि उठेर एकता गर्नुपर्नेमा जोड दिए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका महराले मुलुकको हितलाई ध्यान दिएर दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न सके मात्र नेपालको कूटनीति सफल हुने धारणा पनि व्यक्त गरे ।

प्रतिक्रिया

26 कमेन्ट

    Comment Author

    Prakash Thapa

    Dher ghamand garera Patan ko bato na pahilyaunu bame ho hos puryayeneau vane….. nischit xa jantale k vanera jitayeka xan had gara.

    Comment Author

    Bam Bahadur Chalise

    एकले अर्कोलाई आरोप प्रत्यारोप लगाएर एकता बाँड्नु भन्दा तपाईहरुलाई एकता गर्न बाध्यता हो भने नगर्नुहोस् बाध्यता हैन भने एकता गर्नुहोस् तपाईहरु अतित्तिकन नयाँ रणनिती बनाएर अगी पढ्नुहोस् त 2064 मा जनताले जे बिश्वास गरेका थिए त्यो बिश्वास भोलीका दिनहरुमा पनि गर्नेछन्

      Comment Author

      Sagar Nirdosi

      Galat 2064 ma mawobadi lae vot nadiya bam le ghar udae dine goli hanne gau nikala hune darle vot haleka thiya nepalile dosro chunabma dekhae diya yaspali ta Amale Saga talmel nagareko vaya taraeka xetriya parti vanda paxadi pugne thiyo

      Comment Author

      Bam Bahadur Chalise

      Sagar Nirdosi जी माओबादी को बुई एमाले एमालेको बुई माओबादी चढेर 80 र 36 सिट आएको हो एमाले ले माओबादी लाई कटुवाल काण्ड देखी लिएर 2073 सालको भद्रसहमति मा ठुलो धोका दिईएको एमालेबाट तिन जना नेता प्रधानमन्त्री र एक जना नेतृ राष्ट्रपति भए सबै जना प्रचण्ड को प्रस्ताव मा भएका हुन प्रचण्ड भनेका एमालेका जस्ता सर्बसत्ताबादी अबसरबादी नेता होईनन् एसिया का उत्कृष्ठ नेता हुन नेपालका परिवर्तन कारी नेता हुन् प्रचण्ड बिना नेपालको राजनीतिमा पात पनि हल्लिदैन एमालेहरुले माओबादी लाई धोका दिने प्रबृति कहिले देखी छोड्ने हो छोड्दै नछोड्ने हो

    Comment Author

    Bhuwan Prasai

    La hai je garnu chha garau sacho arkakai haath ma khokera sacho khuldaina

    Comment Author

    Shamsuddin Siddique

    Ektaa na garaun. Tapayee haru ko kamaayee marna jaanxa.

    Comment Author

    Radhe Shyam Mishra

    yekta hunaisaktaina aim nai farak chha nam matrako commu.ko billa lagayera humchha?

    Comment Author

    Shyam Spakota

    Teso bhaye pati yekata stop garer bamgathabandan ko sarkar banawo hain timiharu laie janta sanga gareka bacha ma kunaie matlab6ain bhane kangress sanga jawo timiharu ko bisuwash garnu naie yemale ko galti ho

      Comment Author

      Bam Bahadur Chalise

      Shyam Sapkota जी बढी फुर्ती नदेखाउनु तपाईले एमाले पनि काँग्रेससँग एक्लै लड्न डराएर माओबादी सँग घाँटी जोड्न आएको हो भोली माओबादी एमाले साथ छोडेर काँग्रेससँग गठबन्धन गर्न गए के हुन्छ एमालेको हालत त्यो बुझ्नु जरुरी छ

      Comment Author

      Shyam Spakota

      Tehi jan ta holani yinle nihu khoji ra6n kaile ke bhan6n kahile ke bhan6n gaye ke garne ta yemale 5 barsa parti pak6e ma bas6n janta le mawobadi lalaie bisuwash ghati bhan6n

    Comment Author

    Shyam Spakota

    Kangress ko amaresh le naie mawobadi pati bam gathabandan gare pani sakin6 nagare pani sakin6 bhani ra6 jawonata teso bhaye kangress sanga timiharu ko piyaro pati hola kangress yekdamaie ghamandi ra6n mawobadi haru ghamanda le aafaie laie khan6

    Comment Author

    Gyan Adhikari

    Sab lovi papi swarthi vaye paxi yastai ho.

    Comment Author

    Khageshwar Bhattarai

    एउटै पार्टी भित्र दुइटा पार्टी रहने खालकोएकता गर्नेकुरा जस्तो छ नि , खै के खै के ।

    Comment Author

    Ananda Bajracharya

    चुनाव लड्न र जनतालाई बेकुफ बनाउन मात्र बाम गठबन्धन गरेको हो त? पछि फेरि चुनाव लड्नु पर्छ कि पर्दैन ?

    Comment Author

    परदेशी कुमार राई राई

    तिमीहरू याहि सङ्खा उपासङ्खा ले गर्दा त हामी जताहरुले अहिले सम्म दुख पाहि राको छौ

    Comment Author

    Tanka Raj Rai

    Yo..
    Kamale
    Ra..gaxadar
    Jasto khattam neta.
    Nepal ma xaena hola jasto lagxa malai ta…

    Comment Author

    Udaya Banjara

    अब पनि यो पार्टी ठूलो र यो पाटी सानो भनेर किन भाउ खोज्दछौ नेपाली जनता ले तिमी नेता ले गर्दा अति दुख्ख पाए कति मरे कति अपाङ भय अब यी कुरा छाडि दिउ अब सास भयका जनता तिर जाउ हुम्ला जुम्ला कालिकोट डोल्पा यहाँ का जनता को बारेमा कति राजनिती गर्छौ अब त केही गरेर देखाइ देउ कति आफ्नो मात्र भलो हेर्छौ के कर्णाली मा जन्म लिनु तिनी हरु को पाप नै हो त ।बिदेशी भुमिमा पाहाड मा जन्मनु सौभाग्य सम्झन्छ्न आफ्नो देश मा भने यो दुर्दशा छ बिचरा खरो भयको बेला अघाउन्जेल पानी पनि पिउन नपाउने ?

    Comment Author

    यादब राजगुरु सल्यानि

    जन्तालाई वेकूब नबनाऊ भोली तीमीहरुको हीसाव कीताब एक एक हूनेछन् अरकोकूरा चूनावमा काङग्रेसलाई बहूमत आऊछ तीमीहरू को यही पारा हो भने

    Comment Author

    Tibbat Rai

    पार्टी एकता गर्दा हुन्छ । वाम हैन बुर्जुवा केन्द्रको नाममा ।

    Comment Author

    Shambhu Shrestha

    एकनंम्बर भ्रस्ट र स्वार्थी नेतामा नाम कहलिएको महरा जस्ताले पाटी एकताको हलो अडकाएर गोरुचुटी रहनेको भजनाई एस्तैहुन्छ

    Comment Author

    Laxman Gurung

    मोदि ले कति रकम दियो बाम गठबन्धन फुटाउन सला

    Comment Author

    Khosik Rana Magar

    Amale ra madobadi ko sidanta ani bato nai farak chha ani kasari akata hunchha ta ??

    Comment Author

    Ramkrishna Kc

    हिजोका भाटे कार्बाहि बिर्सने अाज माअो वाद नसुईकार्ने एमाले संग कसरी एकता हुन्छ कृष्ण ब.महराको सान्दर्भिक छ

    Comment Author

    Buddhaa Thapaa

    जुन पार्टीले एकता गर्दैन त्यो पार्टी अागामि चुनावमा 0 हुने छ बिचार गर्नु होला

    Comment Author

    Rajkumar Chauhan

    एकता भएपछि मात्र अझ थाह हुन्छ

    Comment Author

    Paudel Krishna

    यो सव कुरा तिमीहरू को चुनावी नोटॅकी मात्र हौ भन्ने नेपाली जन्ता ले बुझिसकेका थिए,,फेरी पनि जन्तालाई धोखादयौ,,तर कतिदिन कमल थापा र बिजय गछेध्दार जस्तो भयर सत्ता को खेल खेल्छौ,,? 5 बर्ष पछि तिम्रो पार्टी को पनि कमल थापा कै हैशियत हुनेछ र राज्य मा अर्को 3 तेश्रो पार्टी को जन्म कन्फर्म हुनेछ धेरै फुरफुर नगरेहुन्छ,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 26
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?