प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
२९ पटक हेरिएको
Shares
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल

सारांश

  • काठमाडौं, २ भाद्र ।
  • सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा.

काठमाडौं, २ भाद्र । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् ।

काउन्सिको सदस्यमा भण्डारी र दिपक पाण्डे नियुक्त भएका छन् । पत्रपत्रिका, टेलिभिजन, अनलाइन पत्रिकालगायत मिडियाको नियमन र मुल्यांकनकारी निकाय काउन्सिको कार्यवाहक अध्यक्षमा पहिलोपटक महिलालाई ल्याइएको हो ।

यसैगरी राजश्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाइ नियुक्त गरिएको छ । सदस्यमा निर्मल हरि अधिकारीलाई नियुक्त गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?