हारका कारण खोज्दै राप्रपा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
६० पटक हेरिएको
Shares
हारका कारण खोज्दै राप्रपा

सारांश

  • प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हारको कारण खोज्न पाँचवटै विकास क्षेत्रमा केन्द्रीय टोली खटाउने भएको छ ।
  • केन्द्रीय पदाधिकारीले नेतृत्व गर्ने ६ टोली यही साताभित्र कार्यक्षेत्रमा खटिइसक्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।
  • उनका अनुसार पूर्वाञ्चलमा महामन्त्री राजेन्द्र लिङ्देनको नेतृत्वमा सहायकमहामन्त्री कुन्ती शाहीसहितका नेता खटिनेछन् ।

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हारको कारण खोज्न पाँचवटै विकास क्षेत्रमा केन्द्रीय टोली खटाउने भएको छ । केन्द्रीय पदाधिकारीले नेतृत्व गर्ने ६ टोली यही साताभित्र कार्यक्षेत्रमा खटिइसक्ने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

उनका अनुसार पूर्वाञ्चलमा महामन्त्री राजेन्द्र लिङ्देनको नेतृत्वमा सहायकमहामन्त्री कुन्ती शाहीसहितका नेता खटिनेछन् । मध्यमाञ्चलमा वरिष्ठ उपाध्यक्ष तामाङ र पार्टी प्रवक्ता सुशील श्रेष्ठलगायतको टोली, वाग्मती अञ्चलमा भाष्कर भद्रा र कान्ता भट्टराईसहितको टोली, पश्चिमाञ्चलमा उपाध्यक्ष दिलविकास राजभण्डारी, विक्रम थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङसहितको टोली खटिनेछन् ।

त्यस्तै, मध्यपश्चिमाञ्चलमा महामन्त्री जयन्त चन्दको नेतृत्वमा अर्का महामन्त्री धवलशमशेर राणासहितको टोली र सुदूरपश्चिममा दिलनाथ गिरी, चन्द्रबहादुर गुरुङसहितको टोली खटिने पार्टीले जानकारी दिएको छ ।

टोलीलाई पार्टी हार्नुका कारण र अब सुधारका लागि के गर्नुपर्छ भन्ने तथ्य खोजेर ल्याउने म्यान्डेट कार्यसम्पादन समितिको बैठकले दिएको तामाङले बताए । टोलीको अध्ययनपछि प्रतिवेदन तयार पारेर माघको पहिलो साता वीरगन्जमा बस्ने केन्द्रीय परिषद् बैठकमा पेस गरी पारित गर्ने तयारी राप्रपाको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउन नसक्दा संसद्मा राष्ट्रिय दलको मान्यता नपाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
सत्तापक्ष र विपक्ष तीन विद्यार्थी संगठनको यस्तो आयो संघर्षका कार्यक्रम
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!
काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल
भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध
भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध