निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ ।
  • महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गनुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गनुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

“स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट््याई अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न आग्रह गर्दछु । यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउनु पर्नेछ । यसरी विवरण नपठाए काठमाडौँ महानगरपालिकाबाट नियमानुसार कारवाही हुनेछ”, प्रमुख शाहले भने ।

यहि जेठ २ गते महानगरको स्वास्थ्य विभागले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पालना गर्न सूचना जारी गरेको थियो । जसअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या निःशुल्क छ्ुट्याउनपर्छ । यस्तै, विभागले जारी गरेको सूचनामा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र अस्पतालभित्रका चमेनागृहमा खाद्य गुणस्तर कायम राख्न सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
विश्वभरका सैनिकको ध्यान चीनको उहानमा
Malala Yousafzai’s biopic ‘Gul Makai’ starring Reem Shaikh first look motion poster is out!
Malala Yousafzai’s biopic ‘Gul Makai’ starring Reem Shaikh first look motion poster is out!
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुटाइने
कौशलटारमा आगलागी, ६ करोडको क्षति
कौशलटारमा आगलागी, ६ करोडको क्षति
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना