दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘

सारांश

  • अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।
  • वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् ।

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् ।

बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका–२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?