शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
शसस्त्र प्रहरीकाे नाममा रिसोर्टमा लुटपाट!

सारांश

  • सिन्धुपाल्चोक , २१ असाेज।
  •  आफुहरु शसस्त्र प्रहरी हौं भन्दै पाँचजनाको एक समुहले एक रिसोर्टमा लुटपाटको प्रयास गरेका छन् ।
  • जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत बलेफी बजार नजिकै रकरिभर साइड रिसोर्टमा शुक्ररवार उक्त समुहले लुटपाटको प्रयास गरेका हो ।

सिन्धुपाल्चोक , २१ असाेज। आफुहरु शसस्त्र प्रहरी हौं भन्दै पाँचजनाको एक समुहले एक रिसोर्टमा लुटपाटको प्रयास गरेका छन् । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत बलेफी बजार नजिकै रकरिभर साइड रिसोर्टमा शुक्ररवार उक्त समुहले लुटपाटको प्रयास गरेका हो । स्कुटर र मोटरसाईकलमा आएका पाँचजनाको समुहले राती १० बजेको समयमा आफुहरु सशस्त्र प्रहरी हौं भन्दै रिसोर्टमा कार्यरत मजदुर माथि एक्कासी आक्रमण गरेको उक्त रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले बताए । उनका अनुसार रिसोर्टमा लुटपाट गर्ने मनशायले आएका उक्त समुहले रिसोर्टका स्टाफले सोधपुछ गर्न नपाई एक्कासी आक्रमण थालेका थिए ।

त्यसपछि रिसोर्टमा भरिभराउ रहेका आगन्तुक (गेष्ट) हरुमा भागदौडनै मच्चिएको थियो । लुटपाटको प्रयास गर्ने आक्रमणकारीले रिसोर्टमा रहेका आगन्तुकहरलाई समेत आक्रमण गरेको रिसोर्ट सञ्चालक श्रेष्टले जानकारी दिए । उक्त घटना पछि एकसय मिटर नजिकको दुरीमा रहेको प्रहरीचौकी बलेफीलाई जानकारी गराएर प्रहरी आईनपुग्दै उक्त लुटेरा समुह रिसोर्टका कर्मचारी माथि हातपात गरी भागेको उनले बताए । सो क्रममा आफु लगाएत आगन्तुक समेत गरेर ७ जना माथि आक्रमण गरेको उनले जानकारी दिए ।

छोटो दुरीमा प्रहरीको बाक्लो उपस्थिती रहेको अरनिको उक्त राजमार्गमा सोही दिन राती लुटेरा समुह मध्येका सुजन बस्नेतलाई प्रहरीले खाडीचौरको अकरबाट समातेको छ । उक्त लुटेरा समुह मध्ये भागेका अन्य तीन जनाको पनि पहिचान भईसकेको रिसोर्ट सञ्चालक श्रेष्ठले जानकारी दिए ।उजुरी दर्ता गर्न आलटाल

शुक्रबार भएको उक्त घटनामा संलग्नलाई कारवाही गर्न भन्दै शनिबार रिसोर्ट सञ्चालक श्रेष्ठ जिल्ला प्रहरी कार्यालय चौतारा पुगेका थिए । अनाहकमा आफ्नो रिसोर्ट माथि लुटेरा समुहले आक्रमण गरेको भन्दै उनले किटानी जाहेरी दिएका थिए । तर जिल्ला प्रहरी कार्यालयले रिसोर्ट सञ्चालकलाई पनि थुन्नु भन्ने माथिको आदेश छ भन्दै उजुरी नै दर्ता गर्न नमानेको पीडित श्रेष्ठले खवरडवलीसंग दुःखेसो पोखे । ’म आफैं पीडित न्याए माग्न जिल्ला प्रहरी गएको थिएँ, उल्टो मलाई नै थुनिदिने धम्की आयो कसरी न्याए पाउनु ? जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न नपाई त्यतिकै फर्किका सञ्चालक श्रेष्ठलाई आईतबार जिल्ला प्रहरी कार्यालय आउन भनिएको उनले बताए ।

घटनामा संलग्न समुह नेपाली कांग्रेसका नेता मोहन बस्नेतको नजिकका रहेको बताईन्छ । नेता बस्नेतकै दवावकै कारण जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमाने हुनसक्ने स्रोतको ठम्याई छ । यसरी चारैतिर प्रहरीको पहरा रहेको अरनिको राजमार्गको मध्येभागमा रहेका रिसोर्टहरुमाथि पटक–पटक लुटपाटका घटना हुनुले होटल तथा रिसोर्ट व्यवसायीहरुमा सन्त्रास छाएको छ ।’

छोडौं व्यवसाय कसरी छाडौं यतिधेरै लगानी भएको छ, गरौं व्यवसायीमाथि भरपर्दो सुरक्षा छैन्‘, सञ्चालक श्रष्ठले दुःखेसो पोख्दै भने । दिनदाहाडै व्यवसाय असुरक्षित भएपछि एक दर्जन बढी रिसोर्ट रहेका सो भेगका व्यवसायीहरुले शुक्रबारको घटनापछि स्वतः स्फुर्त संयुक्त रुपमा सुरक्षाको व्यवस्था मिलाउन लागिएको श्रेष्ठले जानकारी दिए । शसस्त्र प्रहरीको नाम लिएर लुटपाटको प्रयास गर्नु प्रहरीको बदमान गर्ने हिसावले भएको लामुसाँघु सुरक्षा बलका शसस्त्र प्रहरी उपरीक्षक नारायरण श्रेष्ठले बताए ।’ हामी व्यवसायीहरुलाई सुरक्षा प्रदान गर्छौं तर उहाँहरुले हामीसंग सम्पर्क चुस्त राख्दै बेलैमा खवर गर्नुप¥यो,‘ प्रहरी प्रमुख श्रेष्ठले भने ।

यसैबीच उक्त घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालयसंग बुझ्दा घटनामा संलग्न एकजनालाई पक्राउ गरिए पनि बाँकीलाई खोजविन भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मुकुन्द मरासैनीले बताए । मुद्दा दर्ता गर्ने सम्बन्धमा कानुन बमोजिम आईतबार उजुरी बमोजिम दर्ता गरिने उनले जानकारी दिए । ’अनुसन्धानको प्रक्रियामै छौं यदि रिसोर्ट सञ्चालकको पनि कमजोरी भेटियो भने उहाँ माथि पनि कारवाही हुन्छ‘, प्रहरी उपरिक्षक मरासैनीले भने, ’अहिले को पीडित हो को पिडक भन्ने कुरा थाहा पाउने कुरा होईन अनुसन्धानबाट मात्र थाहा हुन्छ ।‘ यसैबीच दशैं नजिकीदै गर्दा अवाञ्छित गतिविधि हुन नदिन जिल्लाको समग्र सुरक्षाको सन्दर्भमा आईतबार पत्रकार सम्मेलन गर्न लागिएको प्रहरी उपरिक्षक मरासैनीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१ बाट निर्वाचित
सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त
सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिए
गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिए

तपाईंले छुटाउनुभयो कि?