चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

सारांश

  • भोजपुर ।
  • बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् ।
  • चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।

यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भइएको उनको भनाइ थियोे ।

“यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ”, राउतले भने, “चिराइतो र यसको बीउ गरेर रु १८ लाखको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन रु ४४ हजारमा बेचेँ अहिले प्रतिमन रु ५० हजारमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ ।”

यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताए । “यस वर्ष चिराइतोको मूल्य बढेको अवस्था छ”, उनले भने, “जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।”

टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र रु एक करोड ६५ लाखको चिराइतो उठाएको उनको भनाइ थियो । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी राईले जानकारी दिए । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उनको भनाइ थियो ।

अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताउनुभयो । 
  
ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताए । “यसको महत्व धेरै छ”, उनले भने, “धैरै वर्षको अन्तरालमा चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ । यसले हामी किसानमा थप हौसला मिलेको छ ।”

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
Более 18 000 Бесплатных Игр Онлайн-казино Казино Гуру
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
आज ३० गते विहिबारको राशीफल यस्तो छ, थाहा पाउनुस् राशीले के भन्छ आज ?
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
जोखिमपूर्ण काममा बालबालिका
जोखिमपूर्ण काममा बालबालिका

तपाईंले छुटाउनुभयो कि?