कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ ।
  • यसको पुष्टि सभापति शेरबहादुर देउवा र महामन्त्री डा.
  • शशांक कोइरालाबीच भएको भेटवार्ता र सहमतिले गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ । यसको पुष्टि सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच भएको भेटवार्ता र सहमतिले गरेको छ । यही सोमबार देउवा निवास बुढानिलकण्ठमा सभापति देउवाले र महामन्त्री कोइरालाबीच छलफल भएको थियो । उक्त छलफलमा निर्वाचनमा जानेबारेमा सहमति भएको स्रोतले जनाएको छ ।

भेटमा सभापति देउवा र महामन्त्री कोइरालासँगै प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालको पनि सहभागिता थियो । देउवाले उक्त भेटमा अब कुनैपनि हालतमा संसद पूनस्र्थापनाको मुद्दा बोक्न नहुने भन्दै बरु १६५ निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई चुनावी प्रचारको रुपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए । देउवाको प्रस्तावमा महामन्त्री कोइराला सहमत भएका थिए । चुनावमा जाँदा अब हिन्दूराष्ट्र पूनस्र्थापनाको एजेण्डा बोक्नुपर्ने कोइरालाको प्रस्तावमा सभापति देउवा पनि सहमत भएको बुझिएको छ । कांग्रेसमा सुरुवातदेखि नै महामन्त्री कोइराला हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?