विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०८०
|
|
३० पटक हेरिएको
Shares
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने

सारांश

  • काठमाडौं।
  •  आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ ।
  • अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको हो ।

काठमाडौं। आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको हो ।

भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्त पर्सि आइतबार हुने छ । अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ ।

जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो । त्यस अगाडि डेविड मिलरको शतकको मदतले दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?