म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी

सारांश

  • काठमाडौं।
  • राम्रो अभिनय गर्ने तथा बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छिन्, केकी अधिकारी‘स्वर’बाट फिल्म क्षेत्रमा पाइला राखेकी केकीलाई त्यसयता कहिल्यै फिल्मको अभाव रहेन्।
  • एकपछि अर्को फिल्ममा काम गरिन्।

काठमाडौं। राम्रो अभिनय गर्ने तथा बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छिन्, केकी अधिकारी‘स्वर’बाट फिल्म क्षेत्रमा पाइला राखेकी केकीलाई त्यसयता कहिल्यै फिल्मको अभाव रहेन्। एकपछि अर्को फिल्ममा काम गरिन्। उनको चर्चा पनि फिल्मवृत्त तथा मिडियामा सधै रह्यो। अभिनयबाट उनले सधै तारिफ पाइन्। तर, दुर्भाग्य१ उनका अधिकांश फिल्मले बक्स अफिसमा सफलता पाउन सकेनन्।

फिल्म नचलेपनि यी अभिनेत्रीको चर्चा हुँदा धेरैले ट्याग नै लगाईदिए –‘फ्लप फिल्मकी हिट हिरोइन्।’तर, अहिले केकीको फिल्मले बक्स अफिसमा कमाल गरिरहेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’लाई दर्शकले रुचाएका छन्। यो उनको २५ औं फिल्म हो। यो सफलताबाट अहिले केकी दंग छिन्।सञ्चारकर्मीसंग कुरा गर्दै केकीले विगतमा आफ्ना फिल्म नचल्दा आफूले कहिल्यै हार नमानेको बताएकी छिन्।

उनले आफूलाई संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री समेत भनेकी छन्। ‘मैले दुई दर्जन फिल्म फ्लप दिँए। अरु भएको भए विस्थापित भैसक्थे’ केकीले भनिन् –‘लगातार फिल्म फलप हुँदा संसारमा कोही कलाकार यसरी टिक्छ भने त्यो ‘लक्की’ हो। यसअर्थमा म जति ‘लक्की’ अभिनेत्री संसारमा पनि कोही नहोला ।’उनले फिल्म क्षेत्रमा टिक्नुको पछाडी आफूप्रतिको विश्वास, फिल्ममेकर र दर्शकको विश्वास भएको बताउँछिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?