परिवारले विहे गर्न नदिँदा प्रेम जोडीले गरे आत्महत्या,

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
३० पटक हेरिएको
Shares
परिवारले विहे गर्न नदिँदा प्रेम जोडीले गरे आत्महत्या,

सारांश

  • कुश्मामा रहेको नेपालकै सबैभन्दा अग्लो झोलुंगे पुलबाट हाम फालेर एक जोडीले आत्महत्या गरेको छ ।
  • पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुंगे पुलबाट शनिबार राती साढे नौ बजे हाम फालेर उनिहरुले आत्महत्या गरेको हुन ।
  • जिल्ला प्रहरी कार्यालय कुश्माका अनुसार धरान उप महानगरपालिका ११ घर भएका २६ वर्षिय अकिन गुरुङ र ललितपुर महानगरपालिका १४ घर भएकी २५ वर्षिय मुना रानाले पुलको बीच भागबाट हाम फलेका हुन् ।

कुश्मामा रहेको नेपालकै सबैभन्दा अग्लो झोलुंगे पुलबाट हाम फालेर एक जोडीले आत्महत्या गरेको छ ।

पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुंगे पुलबाट शनिबार राती साढे नौ बजे हाम फालेर उनिहरुले आत्महत्या गरेको हुन ।

जिल्ला प्रहरी कार्यालय कुश्माका अनुसार धरान उप महानगरपालिका ११ घर भएका २६ वर्षिय अकिन गुरुङ र ललितपुर महानगरपालिका १४ घर भएकी २५ वर्षिय मुना रानाले पुलको बीच भागबाट हाम फलेका हुन् ।

“पुलको बीच भागमा भेटिएको झोला र मोबाईलले घटनाका बारेमा जानकारी पाईएको हो” जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराम लामीछानेले भन्नु भयो “केटीको आमालाई फोन गरेर सोध्दा ललितपुरकी मुना र धरानका अकिन नै भएको पुष्टी भएको हो ।”

कुश्मा नगरपालिका ९ स्थित मोदी खोलाको किनारमा उनिहरुको शव आईतबार विहान ९ बजे भेटिएको हो । कुश्माबजार मोदी जोड्ने पुलबाट हाम फालेका उनिहरु खोला किनारमा रहेको ढुंगामा बजारिएका थिए ।

उनिहरुले आत्महत्या गर्नुको कारण अहिलेसम्म थाहा नभएपनि मोबाईलमा रहेका सन्देश (Phone Message) हेर्दा लामो समय देखी प्रेम सम्बन्धमा रहेको र पछिल्लो समय केही समस्या आएको देखिएको छ । विहे गर्नका लागी केही कसर बाँकी नराखे पनि सम्भव नभएकोले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

शव अहिले जिल्ला अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई घटनाबारे जानकारी गराईसकेको र उनिहरु पर्वत आईरहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?