गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
५४ पटक हेरिएको
Shares
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे

सारांश

  • काठमाडौं ।
  • ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ ।
  • काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको  घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो ।

काठमाडौं । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको  घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताए ।

वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिए । “धेरै पटक भित्र गएर हेरेको छु”, उनले भने, “त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहेएका वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बताए । “करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो”, उनले भने, “सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।” भित्र मिलेर बस्दा आठ/दसजना अटाउने ठाउँ रहेको लामाले बताए ।

वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिए । गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बताए ।
  
स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवद्र्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिए। त्यसका लागि संरक्षण समिति बनाउन आफूहरु लागिरहेको उनले बताए । बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहेका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
दूध र बिस्कुट किन्दा यस्तो मिलेमतो देखियो
नेपालमा ७६ जनामा कोरोना संक्रमण पुष्टि
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
गायिका विष्णु माझीलाई श्रीमानले किन बन्धक बनाए ?
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
उत्साहका साथ सकिएको लगानी सम्मेलनमा के के भयो ?
उत्साहका साथ सकिएको लगानी सम्मेलनमा के के भयो ?
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा
अर्थ समाचार: असारसम्म सबै स्थानीय तहमा बैंकको शाखा स्थापना : अर्थमन्त्री खतिवडा
आज ३७ सय ४९ कोरोना संक्रमित थप
आज ३७ सय ४९ कोरोना संक्रमित थप
विपद् प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔं: प्रधानमन्त्री
विपद् प्रभावितको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔं: प्रधानमन्त्री