दिवंगत डीआईजी सुशीलकुमार भण्डारीको अवैध लगानी क्रसर उद्योगमा !!!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
३० पटक हेरिएको
Shares
दिवंगत डीआईजी सुशीलकुमार भण्डारीको अवैध लगानी क्रसर उद्योगमा !!!

सारांश

  • जिल्लाको मण्डनदेउपुर नगरपालिका-६, भाङ्गेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्यु भएपछि नयाँ विषयको रहस्योद्घाटन भएको छ, उनको अवैध लगानी ।
  • एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यावसायिक साझेदारसँग नयाँ व्यवसायका लागि ठाउँ हेर्न काभ्रेको मण्डन देउपुर पुगेका थिए, त्यहीं उनको ज्यान गयो।
  • काभ्रे प्रहरीलाई सुइँकोसमेत नदिई त्यहाँ पुगेका उनी दुर्घटनामा पर्दा समेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन।

जिल्लाको मण्डनदेउपुर नगरपालिका-६, भाङ्गेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्यु भएपछि नयाँ विषयको रहस्योद्घाटन भएको छ, उनको अवैध लगानी ।

एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यावसायिक साझेदारसँग नयाँ व्यवसायका लागि ठाउँ हेर्न काभ्रेको मण्डन देउपुर पुगेका थिए, त्यहीं उनको ज्यान गयो। काभ्रे प्रहरीलाई सुइँकोसमेत नदिई त्यहाँ पुगेका उनी दुर्घटनामा पर्दा समेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन।

काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी रहेको पाइएको छ। भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकाको चलाल गणेश रोडाढुंगा उद्योगमा लगानी गरेका थिए। जनक लामा, रवीन्द्र केसी, मनोज सिग्देल, नजल कार्की, किरण कार्की, राजाराम कार्की, तुलसी पोखरेलसहित उनका १० साझेदार छन्। ‘हिसाबकिताब गर्न उनी आफैं आउँथे तर वैधानिक रूपमा देखिएका थिएनन्,’ एक आफन्तले भने, ‘अरूका नाममा सेयर थियो।’ उक्त उद्योग यो क्षेत्रको ठूलो खानी तथा क्रसरमध्येको हो।

दुर्घटनामा घाइते भएका व्यवसायी प्रदीप बोगटी पनि भण्डारीका व्यावसायिक साझेदार हुन्। पनौती–१२ को दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालिमा बोगटी, युद्ध लामा र भण्डारी साझेदार छन्। पूर्वएसएसपी सञ्जयसिंह बस्नेतलाई हटाएर भण्डारी साझेदारका रूपमा भित्रिएका थिए। भण्डारी व्यवसाय विस्तारकै सिलसिलामा बोगटी, सशस्त्र प्रहरीका पूर्वडीएसपी विनोद गौतम, स्थानीय धनबहादुर पुरीलगायतलाई लिएर मण्डन देउपुर पुगेका थिए।

मण्डन देउपुर–६ मा रहेको पुरीको २७ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो। साढे ३ करोडमा स्थापना हुने उद्योगका लागि भण्डारीले २ करोड, गौतमले १ करोड र बाँकी ५० लाख बोगटीलगायतले जुटाउने सहमति बनेको थियो। जग्गा हेरेर फर्कने क्रममा बोगटीले चलाएको उनको बा३च २८७ नम्बरको जिप दुर्घटनामा परेको हो।

भण्डारीले विभिन्न क्रसर उद्योग र जग्गामा लगानी गरेको पाइएको छ। उनले भक्तपुर कटुन्जे निवासी प्रकाशराज देवकोटाको साझेदारीमा धुलिखेल नगरपालिकाको कुतालमा ३८ रोपनी जग्गा खरिद गरेका छन्। त्यसका लागि उनले बनेपास्थित एक सहकारीबाट ऋण लिएका थिए। उनका करिब २० वटा टिपर सञ्चालनमा छन्।
प्रहरीले भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना ‘शंकास्पद’ भन्दै अनुसन्धान थालेको छ। कात्तिक १० गते मण्डन देउपुर–६ मा भएको दुर्घटनामा भण्डारीसहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन कांग्रेस ३ नं. प्रदेश अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो।

‘शंकास्पद लागेर थप अनुसन्धान थालेका छौं,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खडकाले भने, ‘दुर्घटना हो वा योजनाबद्ध हो भन्ने अनुसन्धानपछि पत्ता लाग्ला।’ काभ्रे प्रहरीले डीएसपी दीपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको एसपी खडकाले जानकारी दिए। आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खडका, पत्रकार महासंघलगायत सरोकारवालाको टोली ‘अवलोकन’ का लागि घटनास्थल पुगेको थियो।

समाचार श्रोत: कान्तिपुर दैनिक अनलाईन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?