सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२८ पटक हेरिएको
Shares
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दावी गरेका छन् ।
  • बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याउनुभएको कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताएका हुन् ।
  • उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याउनुभएको कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताएका हुन् । उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए ।

मनोनयन एक हप्ता गराए पनि एमालेलाई कुनै फरक नपर्ने ओलीको जिकिर छ । त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई लोभिपापीहरूको गठबन्धनको संज्ञा दिदै गठबन्धन लामो समय टिक्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले बिकासका धेरै काम गरेको भन्दै वर्तमान सरकारले भने कुनै काम गर्न नसकेको ओलीको आरोप छ ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?