विश्वप्रकाशले जोगाउलान् त शाख !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
३९ पटक हेरिएको
Shares
विश्वप्रकाशले जोगाउलान् त शाख !

सारांश

  • काठमाडौं, १० फागुन -झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् ।
  • जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, १० फागुन -झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो। आजको नागरिक दैनिकमा खबर छ ।

कतिपय स्थानमा कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाका कारण पराजय भोगेको आरोप लागेपछि उनी जिल्लाका गतिविधिमा खासै सरिक छैनन् । कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका सिटौला आफैं पराजित भए। कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्लाकै नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएका छन् । प्रवक्ता बनेपछि शर्मा संगठन सुदृढ गर्न भनेर जिल्ला दौडाहामा छन्।

प्रवक्ता बनेर पहिलोपटक गृहजिल्ला आएका शर्माले बिर्तामोडमै कांग्रेस पूर्वमहामन्त्री सिटौलाको आलोचना गरे। बदलिन नसक्नेलाई कांग्रेसभित्र ठाउँ नभएको भनाइ शर्माको थियो । ‘कांग्रेसलाई सुधार गर्नका लागि हामीले मुलुकभर अभियान सञ्चालन गर्छौं’, उनले भने, ‘जो सुधार हुन सक्दैन, त्यसले पार्टीबाट बिदा लिनुपर्छ ।’ शर्माले यसपटक चुनाव जित्न नसक्नुको आरोप पनि सिटौलामाथि नै लगाउने गरेका छन्।

स्थानीय तहको चुनावमा गृहनगर मेचीमा कांग्रेस झन्डा फहराएका शर्मा प्रतिनिधिसभा निर्वाचनमा माओवादी उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित भए ।  एक साताअघि गौरीगन्जमा भएको सभामा शर्माले पार्टीलाई संस्थागत ढंगमा चलाइएमात्रै अब ५ वर्षभित्र साख उठ्न सक्ने बताएका थिए।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले भनेका थिए, ‘कांग्रेसको अबको परिपाटी परिवर्तन हुन जरुरी छ, त्यसका लागि कार्यकर्ताले समेत नेतृत्वलाई सुझाव दिनुपर्छ।’

कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डी भण्डारीले पार्टी नेतृत्वका कारण निर्वाचनमा अप्रत्यासित नतिजा आएको ठान्छन् । ‘संगठन परिचालन सक्रिय ढंगमा हुन नसकेका कारण अप्रत्यासित नतिजा आएको हो’, उनले भने, ‘कार्यकर्तालाई परिचालन गरी संगठन गतिशील बनाउनुपर्छ ।’ उनी आफैं पनि स्थानीय निर्वाचनमा दमकको मेयरमा पराजित भएका थिए । ‘पार्टी प्रवक्ता भएको हिसाबले पनि संगठन ब्युँझाउन शर्माको भूमिका महत्त्वपूर्ण हुन्छ’, भण्डारीले भने, पार्टीका युवाको विश्वास जितेका कारण पनि उनीप्रति आकर्षण छ।

भण्डारीको भनाइमा कांग्रेसले अजेन्डा बिकाउन नसक्दा यसपटकको चुनावमा अप्रत्याशित पराजय भोग्यो । ‘त्यसलाई कमजोरीका रुपमा स्वीकार गरेर नयाँ कार्यक्रम तय गर्नुपर्छ’, उनले भने।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Narayan Gautam

    अब २0 बर्ष चुपलागे हुन्छ !देउवाको पगुल हरु

    Comment Author

    Dipak Karki

    खै विश्वप्रकाश लाई त राम्रै मान्छे भन्थे तर अहिले देउबा को पुच्छर भए देखि अलि खराब कुरा मात्र गरेको सुनिन्छ, देउबा को हावा ले यो पनि बिग्रीने भो।

    Comment Author

    Birendra Rasaili

    जाठा नेपाली कांग्रेस खट्टम भए हुन्छ ।त जाठाको काम छैन नेपाली कांग्रेसले २००७ साल देखि सरकारमा बसेर नेपाली जनताको लागि के गरेको छ र नेपाली भूमी जमिन भारत लाई बेच्दै खादै गर्यो।जाठा नेपाली कांग्रेस भनेको त सामान्ती चोर हो।

    Comment Author

    Mallik Chauhan

    अहिले शेर बहादुरकै लाइनमा दौडिनु भएको छ त! के यहि हो तपाइको बदलिनु पर्छ भन्ने कुराको आसय ?

    Comment Author

    Mallik Chauhan

    अहिले शेर बहादुरकै लाइनमा दौडिनु भएको छ त! के यहि हो तपाइको बदलिनु पर्छ भन्ने कुराको आसय ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ