दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा निर्ममतापूर्वक छानबिन हुनुपर्ने र सरकारी स्वामित्वका जग्गा फिर्ता गर्ने सरकारको पछिल्लो कदम स्वागतयोग्य रहेको टिप्पणी गरेका छन् ।
  • छानविन पछि आफु दोषी पाइए जस्तोसुकै कारवाहीका लागि पनि तयारी अवस्थामा रहेको उनको भनाई थियो ।
  • सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममा छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा निर्ममतापूर्वक छानबिन हुनुपर्ने र सरकारी स्वामित्वका जग्गा फिर्ता गर्ने सरकारको पछिल्लो कदम स्वागतयोग्य रहेको टिप्पणी गरेका छन् । छानविन पछि आफु दोषी पाइए जस्तोसुकै कारवाहीका लागि पनि तयारी अवस्थामा रहेको उनको भनाई थियो ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममा छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् । नेकपाले महासचिव पौडेल बालुवाटार जग्गा प्रकरणमा निर्दोष रहेको दावी गर्दै आएका छन् । केही दिन अघि मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पनि महासचिव पौडेल निर्दोष रहेको भन्दै नियतवस जग्गा प्रकरणमा फसाइएको जिकिर गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?