खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु

सारांश

  • डोटी।
  • डोटी केन्द्रबिन्दु भएर भूकम्प जाँदा डोटीमा ३ जनाको मृत्यु भएको छ।
  • पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो।

डोटी। डोटी केन्द्रबिन्दु भएर भूकम्प जाँदा डोटीमा ३ जनाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो। स्थानीयका अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। कालीकोटसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार तीनदेखि चार सेकेण्डसम्म भूकम्पको महसुश भएको थियो।

आज बिहान २ बजेर १३ मिनेटमा खप्तड क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो। घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो।

सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएका छन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    www.binance.com рестраця

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?