गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
२२ पटक हेरिएको
Shares
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति

सारांश

  • काठमाडौं।
  • नेपाल ट्रस्टले कानुनी प्रक्रिया पुर्याएरै गोकर्ण रिसोर्टको लिजअवधि थपेको सम्झौता गरेको जनाएको छ।
  • ट्रस्टले शुक्रबार पत्रकार सम्मेलन गरी गोकर्णलाई गौचरण हुनबाट जोगाउन म्याद थपिएको जिकिर गरेको हो।

काठमाडौं। नेपाल ट्रस्टले कानुनी प्रक्रिया पुर्याएरै गोकर्ण रिसोर्टको लिजअवधि थपेको सम्झौता गरेको जनाएको छ। ट्रस्टले शुक्रबार पत्रकार सम्मेलन गरी गोकर्णलाई गौचरण हुनबाट जोगाउन म्याद थपिएको जिकिर गरेको हो।

ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले गोकर्ण रिसोर्टको लिज सम्झौता कानुनअनुरुप भएको भन्दै समयमै सम्झौता नगर्दा वनक्षेत्र गौचरणमा परिणत हुनसक्ने सम्भावना भएकाले त्यसबाट जोगाउन ट्रस्टले म्याद थप्ने निर्णय कार्यान्वयन गरेको बताए।

‘पाँच वर्ष पुगेपछि सम्झौता गर्न थालिएको भए उक्त क्षेत्र गौचरण हुनसकने सम्भावना हुन्थ्यो, कुनै सुकुम्बासीले उक्त जग्गा कब्जा गर्नसक्ने स्थिति आउनसक्थ्यो,’ उनले भने, ‘त्यस्तो नहोस् भन्नका लागि कानुनी प्रक्रिया पुर्याएर सम्झौता गरिएको हो।’

समयमा निर्णय नगर्दा गोकर्णमा यती समूहले प्रयोग गरिरहेको २ हजार ७ सय ९३ रोपनी जग्गा गाई चराउने मैदान हुनसक्ने देखिएकाले लिज अवधि थप्नुपरेकोे उनले प्रष्ट पारे। ‘कानुनअनुसार गरिएको निर्णयमा कुनै पश्चाताप छैन,’ उनले सञ्चारकर्मीलाई भने।

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले यती समूहलाई गोकर्ण फरेस्टको जग्गा थप २५ वर्ष भाडामा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी गरे। ‘कसको दबाब केही भएको होइन,’ उनले भने, ‘यो निर्णयबाट सरकारले बोलेपछि गर्दोरहेछ, सरकारी जग्गामा पनि लगानी गर्न सकिने रहेछ भन्ने विश्वास पलाएको छ।’

नेपाल ट्रस्टको कार्यालयले गोकर्ण रिसोर्टसँगको सम्झौतामा सरकारलाई घाटा हुनेगरी नदिएको भन्दै सम्झौताको पक्षमा स्पष्टीकरण दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?