काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

सारांश

  • काठमाडौं ।
  • ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।
  •  मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

काठमाडौं । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ । मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा एक गोल थपेको थियो ।

पहिलो हाफको ३६औं मिनेटमा इजेकीएलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा इजेकीएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए ।

यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सको सामना गर्ने छ । विहिबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

त्यस्तै इलिमिनेटरमा हार बेहोरेको सँगै नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको यस सिजनको यात्रा समाप्त भएको छ । यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
सूर्यदर्शन सहकारी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा
सूर्यदर्शन सहकारी प्रकरण : पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा
पत्नीलाई कुटेर मारेपछि पक्राउ
पत्नीलाई कुटेर मारेपछि पक्राउ
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
नेपालगन्जमा विद्युत अवरुद्ध भएपछि ओलीको भाषण सुन्ने सबैको ईच्छा, अधुरो
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
यी हुन् बलिउडमा सबैभन्दा लामो समय हलमा चलेका १० फिल्म
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन