समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान गराैं : केपी ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान गराैं : केपी ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ ।
  • सोनाम ल्होछार (तवार ल्हो) को अवसरमार आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले साे राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभएकाे छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ ।

सोनाम ल्होछार (तवार ल्हो) को अवसरमार आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले साे राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभएकाे छ ।

आफूहरुले जनताको जीवनमा परिवर्तन ल्याउँन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिलाई अघि बढाउन चाहेकाे उहाँले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्नुभएकाे छ । एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उहाँकाे सुझाव छ ।

लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको पनि अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।

विभिन्न संस्कृतिमा आधारित साेनार ल्हाेसार जस्ता पर्व देशको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार रहेको उहाँले उल्लेख गर्नुभएकाे छ । संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको अध्यक्ष ओलीले स्मरण गराउनुभएकाे छ ।

उहाँले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्नुभएकाे छ । पर्वकाे अवसरमा उहाँले सबै नेपालीलाई शुभकामना पनि दिनुभएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?