जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपाल र भारतका प्रधानमन्त्रीले एकसाथ सम्बाेधन गर्दै दुर्इदेशबीचकाे सम्बन्धमा थप सुदृढ बनाउने बताएका छन् ।
दुर्इ दिने नेपाल भ्रमणकाे क्रममा जनकपुरमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र उनकाे स्वागतमा जानकी मन्दिर पुगेका केपी अाेलीले मन्दिर परिसरबाट यस्ताे बताएका हुन् ।
त्यसअघि दुवैले जानकी मन्दिरमा पूजाअर्चना गरेका गरेका थिए । सम्बाेधनका क्रममा दुवैले एकअर्काकाे प्रशंसा गरे ।
भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागत तथा सम्मान सिंगाे भारतबासीका लागि भएकाे भन्दै प्रधानमन्त्री अाेली, राज्य सरकार र नगर सरकारलार्इ धन्यवाद दिए ।
माेदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले पनि अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको चर्चा गरे । उनले भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’
मोदी र उनकाे नेतृत्वमा रहेकाे प्रतिनिधिमण्डललार्इ जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गरेका थिए ।
लगत्तै दुवै प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवा सुरु गरे ।
प्रतिक्रिया