एकता महाधिवेशनको तयारीमा फोरम नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एकता महाधिवेशनको तयारीमा फोरम नेपाल

सारांश

  • काठमाडौँ।
  • संघीय समाजवादी फोरम नेपाल वैशाखमा हुने एकता महाधिवेशनको तयारीमा जुटेको छ ।
  • वैशाख २८, २९ र ३० गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा हुने महाधिवेशनलाई सफल पार्न पार्टीले विभिन्न १७ वटा समिति गठन गरेको छ।
काठमाडौँ। संघीय समाजवादी फोरम नेपाल वैशाखमा हुने एकता महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २८, २९ र ३० गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा हुने महाधिवेशनलाई सफल पार्न पार्टीले विभिन्न १७ वटा समिति गठन गरेको छ। 
पार्टीका सहमहासचिव प्रकाश अधिकारीका अनुसार राजनीतिक प्रतिवेदन मस्यौदा तयारी समिति अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको छ । 
त्यस्तै, पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नीति तथा कार्यक्रम मस्यौदा तयारी समिति गठन भएको छ भने सङ्गठनात्मक प्रतिवेदन तयारी समिति महासचिव रामसहाय यादवको संयोजकत्वमा गठन भएको छ । त्यस्तै, प्रचार प्रसार समिति सहमहासचिव प्रकाश अधिकारीको संयोजकत्वमा, आर्थिक प्रतिवेदन तयारी समिति कोषाध्यक्ष विजय यादवको संयोजकत्वमा गठन भएका छन् । 
विधान तयारी मस्यौदा समिति उपाध्यक्ष लालबाबु राउतको संयोजकत्वमा गठन भएको छ । त्यस्तै, जनपरिचालन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति लगायत विभिन्न १७ वटा समिति गठन भएका छन्। 
चैत ७ गते सहअध्यक्ष श्रेष्ठले नीति तथा कार्यक्रम मस्यौदा समितिको तर्फबाट कार्यशाला गोष्ठीको आयोजना गरेका थिए। संघीय समाजवाद प्राप्तिका लागि नेपालको बाटो कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तावेज मस्यौदाका लागि पार्टी नीति निर्माणमा जिम्मेवार पार्टीका केन्द्रीय विभागहरू तथा संयन्त्रका प्रतिनिधिहरू बीच सहअध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। 
गोष्ठीमा राजनीतिक नीति, आर्थिक नीति, सामाजिक तथा साँस्कृतिक नीति तथा परराष्ट्र लगायतका विविध नीति गरी चार समूहमा विभाजित भई कार्यपत्रमाथि छलफल भएको थियो।
त्यसैगरी, वडा, गाउँ, नगरपालिकामा अधिवेशन जारी रहेको फोरम नेपालले जनाएको छ । वडा, गाउँ, नगरको अधिवेशन सकिएपछि जिल्लाको अधिवेशन हुने त्यसपछि प्रदेशको अधिवधेशन हुने ननाइएको छ । 
तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल २०६४ सालमा पार्टीका रुपमा दर्ता भई एकपटक महाधिवेशन पनि भइसकको छ तर विभिन्न दलसँग एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल बनेपछि एकताको पहिलो महाधिवेशन नाम दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने
साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
भारतमा एकैदिन करिब ९६ हजार कोरोना संक्रमित थपिए
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट पक्राउ
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी

तपाईंले छुटाउनुभयो कि?