तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३४ पटक हेरिएको
Shares
तनहुँ-१ : रास्वपाका वाग्लेको अग्रता कायमै

सारांश

  • तनहु अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढीले अगाडि तनहुँ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्।
  • आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्।

तनहु अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर भन्दा बढीले अगाडि
तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्। आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना सम्पन्न हुँदा रास्वपाका वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन्। खनालले २ हजार १३४ मतमा सीमित रहेका छन्।

हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?