सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सीको बिदाईका लागि प्रधानमन्त्री र राष्ट्रपति विमानस्थलमा

सारांश

  • नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयभित्रै स्वदेश फर्कदैछन् ।
  • सीको सवारी हुने सडकको सुरक्ष व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
  • सडक किनारामा सुरक्षाकर्मीले सक्रियता बढाएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयभित्रै स्वदेश फर्कदैछन् । सीको सवारी हुने सडकको सुरक्ष व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सडक किनारामा सुरक्षाकर्मीले सक्रियता बढाएका छन् । सीलाई विदाई गर्नका लागि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलतर्फ लागेका छन् ।

विश्वकै शक्तिशालीमध्येका एक चिनियाँ राष्ट्रपति सीको विदाईका लागि सडक किनारमा विभिन्न झाँकी सहित तयारी भइरहेको छ । सीले आजै विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् । दुई देशबीचको उच्चस्तरीय वार्तामा १७ वटा सम्झौतमा हस्ताक्षर भएको छ । वार्ताको नेत्तृत्व नेपालका तर्फबाट प्रधानमन्त्री ओली र चिनियाँ टोलीको तर्फबाट चिनियाँ राष्ट्रपति सी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?