प्रदेश नम्बर २ मा एमाले पहिलो : पोखरेल
सारांश
- पर्सा , भदौ २७ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ ।
- वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।
- नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उहाँले बताउनुभयो ।
पर्सा , भदौ २७ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा नेकपा एमाले पहिलो पार्टी हुने दावी गर्नुभएको छ । वीरगंज महानगरकोलागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दावी गर्नुभएको हो ।
नेकपा एमाले सबै जात जाति, भाषा भाषीकोे पार्टी हुनु नैे चुनावमा जित्ने आधार भएको उहाँले बताउनुभयो । एमालेलाई मधेश विरोधी देखाउने चेष्टा भएको भन्दै तराईको विकासमा सदैव अग्रसर पार्टी मधेश बिरोधी हुन नसक्ने बताउनुभयो ।
वीरगंज महानगरका मेयर उम्मेदवार बसरुदिन अन्सारीलाई बदनाम गर्न विदेशी एजेन्सी लागेको उहाँले दावी गर्नुभयो । हिजोका दिनसम्म केही नभएको मान्छे एमालेबाट मेयरको उम्मेदवार बनेपछि विभिन्न आरोप लगाउनुको पछाडि एमाले विरोधी तत्वको हात रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहन कार्यक्रतालाई आह्वान गर्नुभयो । कार्यक्रममा मेयरका उम्मेदवार बसरुदिन अन्सारीले आफना प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
आधार बिन्दु
उल्टोपट्टिबाट अवस्य पानी ट्याँङ्की महोदय !
Bindeshwar Yadav
Sapna dekhna painx