इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !

सारांश

  • इलाम, १८ भदौ ।
  • इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ ।
  • देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर जल्दा सो मूल्य बराबरको धनमाल क्षति भएको हो ।

इलाम, १८ भदौ । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको तीनवटा सटरसहितका घर जल्दा सो मूल्य बराबरको धनमाल क्षति भएको हो । बेलुका शुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका श्रीबहादुर विष्टको जुत्ताचप्पल र शृङ्गार सामग्री पसल र तिलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीमा दुईवटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले बताए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीयबासीको भनाइ थियो । आगो नियन्त्रणका लागि आएको इलाम नगरपालिकाको दमकल मेची राजमार्गको पुवाखोलामाथि मिलगोलाई भन्ने स्थानमा बिग्रिएर जान सकेन । आगलागीबाट भएको क्षतिको एकिन विवरण आइनसकेको र मानवीय क्षति पनि नभएको स्थानीय प्रहरीले जनाएको छ । मेची राजमार्गसँगै जोडिएको उक्त बजारमा करीब दुई वर्ष अगाडि आगलागी हुँदा केही घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?