मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

सारांश

  • डुम्रे ।
  • पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ ।
  • मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।

डुम्रे । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो ।

पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ”, उनले भने ।

“पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गरे ।

तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उनले बताए । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिए । साथै सबवेस र फेसको काम पनि भइरहेको छ ।

पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । उनका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताए ।

यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ ।

विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)  को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
‘इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक’
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
कृषिको आधुनिकीकरण आवश्यक– मन्त्री खनाल
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो

तपाईंले छुटाउनुभयो कि?