वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड

सारांश

  • सल्यान, ६ कात्तिक ।
  •   वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।
  • वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सल्यान, ६ कात्तिक ।  वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।  टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वल्र्ड लिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?