प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई एपेण्डिसाइटिस, अपरेसनको तयारी

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका छन्।
  • सुरुमा नियमित स्वास्थ्य परीक्षण भनेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले एपेन्डिसाइटिस भएको बताएपछि भर्ना गरिएको हो।

काठमाडौं। प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका छन्। सुरुमा नियमित स्वास्थ्य परीक्षण भनेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले एपेन्डिसाइटिस भएको बताएपछि भर्ना गरिएको हो। प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरिएको बताए। डाक्टरहरुले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेपछि भर्ना हुन सुझाव दिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए। प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्री प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको बताएका छन्। मंगलबार विहान पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?