एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ ।
  • समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको आज दिउसो १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बहिस्कार गरेको छ । समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको आज दिउसो १ बजेका लागि बोलाइएको बैठक बहिष्कार गरेको हो ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणापछि बिहीबार बैठक बोलाइएको थियो । समिति सदस्य गोकुल बाँस्कोटाले भने, समिति सभापति नआएसम्म लेखा समितिमा उपस्थित नहुने यसअघि नै घोषणा गरेका हौँ । सभापति चयनका लागि दबाब दिन र समिति बैठक प्रक्रियामा सञ्चालन गर्नका लागि दबाब दिन बैठकमा नआएका हौं ।

बाँस्कोटाले सत्तारूढ गठबन्धनभित्र संसदीय समिति सभापतिको भागबन्डा नमिलेकाले समस्या आएको बताए । समिति सभापतिहरूको भागबन्डा सत्तारूढ गठबन्धनमा मिलेको छैन । जसका कारण संसदीय समितिहरू पंगु बनाउने काम भएको छ, उनले भने ।

समितिका ज्येष्ठ सदस्य केसीले बैठक बोलाउन नहुने पनि बाँस्कोटाको भनाइ छ । सभापति चयन नभएसम्म बैठक बोलाउन्नँ भनेर ज्येष्ठ सदस्यले पनि भन्नुपर्छ, उनले भने । एमालेलाई समिति सभापति नदिने भए घोषणा गरेर भए पनि चयन गरे हुने तर सभापति चयन गरेर मात्रै संसदीय समितिहरू अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

एमाले अनुपस्थित हुँदा समिति बैठक बस्ने सम्भावना न्यून छ । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ । समिति सभापति चयन नभएसम्म लेखा समिति बहिष्कार गर्ने जानकारी एमालेका सांसद भट्टराईले सभामुख देवराज घिमिरेलाई दिएका थिए ।

गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
मुगका आगलागी पीडितको सहयोगका लागि उत्पला क्याफेमा आज फिल्म देखाइदै
विकास र समृद्धिमा सँगै अघि बढ्ने ओली र मोदीको प्रतिबद्धता
विकास र समृद्धिमा सँगै अघि बढ्ने ओली र मोदीको प्रतिबद्धता
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको रोमाञ्चक जीत
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस
डिभी चिट्ठा नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

तपाईंले छुटाउनुभयो कि?