डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
सारांश
- शिखरन्युज, ५ असार- बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्युरो सर्जन डा.
- उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका अस्पतालमा परिसरमा राखिएको छ ।
- सर्वसाधारणका लागि राखिएको अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
शिखरन्युज, ५ असार- बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका अस्पतालमा परिसरमा राखिएको छ ।
सर्वसाधारणका लागि राखिएको अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ । देवकोटालाई पशुपतिमा रहेको विद्युत शवगृहमा दाहसंस्कार गरिने अस्पतालबाट प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
क्यान्सरबाट पीडित डा. देवकोटालाई छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि नेपाल फर्केका थिए । डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु अस्पताल पुगेर डाक्टर देवकोटालाई श्रद्धान्जली दिएका थिए । अहिलेपनि अस्पतालमा श्रद्धाञ्जली दिनेको घुइँचो लागेको जनाइएको छ ।
देवकोटा वैशाखको दोस्रो साता साता नेपाल फर्किएका थिए। नेपालमा न्युरो सर्जरी विधामा रहेका अधिकांश चिकित्सक देवकोटाका प्रशिक्षित हुन्। नेपालको प्रमुख र चर्चित वीर अस्पतालमा न्युरो सर्जरी विभाग देवकोटाले स्थापना गरेका थिए ।
आजै दिउसो १ बजेपछि नारायणगोपाल चोकबाट रिङरोड हुँदै पशुपति लैजाने कार्यक्रम छ । देवकोटाका तीन छोरी र पत्नीले ७ दिनसम्म काजक्रिया गर्ने भएका छन् ।

Kamala Bhushal
hardik sharandajali.
Uddhav Sapkota
अल विदा डाक्टर
Angel Biwash
rip