माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले

सारांश

  • हुम्ला, मंसिर २७ –माओवादी केन्द्र हुम्लाको विवाद चुलिएको छ ।
  • दुई पक्षमा विभाजित माओवादी केन्द्रका कार्यकर्ताले पार्टी कार्यकर्ता नियन्त्रणमा लिने प्रयास गरेका छन् ।
  • हुम्ला जिल्लाको प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले पार्टीको निर्णयविरुद्ध उम्मेदवार दिनुभएको थियो ।

हुम्ला, मंसिर २७ –माओवादी केन्द्र हुम्लाको विवाद चुलिएको छ । दुई पक्षमा विभाजित माओवादी केन्द्रका कार्यकर्ताले पार्टी कार्यकर्ता नियन्त्रणमा लिने प्रयास गरेका छन् ।

हुम्ला जिल्लाको प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले पार्टीको निर्णयविरुद्ध उम्मेदवार दिनुभएको थियो । माओवादीका बागी उम्मेदवार लामा नै हुम्लाबाट विजयी हुनुभएको थियो । वाम गठवन्धनका आधिकारिक उम्मेदवार तथा माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी लामाले छक्कबहादुर लामालाई कारबाहीका लागि सिफारिस गर्नुभएको थियो । कारबाही सिफारिस गरिएको भोलिपल्ट विज्ञप्ति निकाल्दै नवनिर्वाचित लामासहित उनका समर्थकले पार्टी कार्यालयको ताला तोड्दै नियन्त्रणमा लिएका हुन् ।

आफनो पक्षमा नेता तथा कार्यकर्ता, वाम गठवन्धनको पूर्ण समर्थन रहेकोले आफूहरु आधिकारिक भएकोले निर्वाचन जितेको नव निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले पत्रकार सम्मेलनमा बताउनुभयो । आफू माओवादी केन्दकै एक कार्यकर्ता भएकोले जिल्लामा अधिकांश नेता कार्यकर्ताको समर्थन जनताको न्यायले आफूले स्वतन्त्र भएर जितेको समेत दाबी गरेका छन् ।

४ सय जिल्ला कमिटी सदस्यमध्ये ३ सय सदस्य आफ्नो पक्ष भएकोले आफनो पक्ष नै माओवादी केन्द्र भएको दावी गर्दै पार्टी कार्यलयको वुधवार दिउसो लगाएको ताला तोड्दै विजयी लामासहित उनका समथर्कले आफनो पक्षको ताला लगाई नियन्त्रणमा लिएका छन् ।

जिल्ला इन्चार्ज छिमी लामाले मंगलवार स्वतन्त्र उम्मेदवार भै विजय भएका छक्कबहादुर लामासहित उनका समर्थक १२ जनालाई कारबाहीको लागि पार्टीको केन्द्रलाई सिफारिस गर्नुभएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sudan Karki

    Aba linx ni kina nadinu.

    Comment Author

    Dhiraj Jayswal

    दुईवटा मा एउटा जितयोनि कागरेसले जितेको छैनन् नि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आङ सान सु की काठमाडौँमा
आङ सान सु की काठमाडौँमा
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने